कौटिन्हो एस्टन भिल्लामा

लोकपथ
14
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो इङ्लिस क्लब एस्टन भिल्ला भित्रिएका छन् ।

क्याटलान क्लब बार्सिलोना र भिल्लाबीच शुक्रबार सहमति भएसँगै ब्राजेलियन प्लेमेकर कौटिन्हो पुनः प्रिमियर लिगमा फर्किएका हुन् । लोनमा भित्रिएका कौटिन्होले यस सिजनको अन्त्यसम्म भिल्लाबाट खेल्नेछन् ।

कौटिन्होले यसअघि पाँच वर्ष लिभरपुलबाट खेलेका थिए । सन् २०१८ मा बार्सिलोना भित्रिनुअघि कौटिन्होले लिभरपुलबाट दुई सय एक खेलमा ५४ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?