संसदमा रहेको पानी ट्यांकीलाई डिजिटल फुटबल बनाउन सांसद खतिवडाको सुझाब

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले विश्वकप फुटबलमा नेपालले सहभागिता जनाउने अवसर अहिलेसम्म नपाएपनि मैदान बाहिरै रहेर कसरी सहभागी हुने भन्ने बहसले संसदमा प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विश्व नै विश्वकप फुटवलमा रमाएको भन्दै नेपालले पनि स्वागत गर्नुपर्ने जानकारी दिए । खतिवडाले विश्वकप फुटबलमा नेपाल कसरी सहभागी हुन सक्छ र खेलकुद मन्त्रालय के गरिरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताए । यता संसद् भवनमा रहेको पानी ट्यांकी फुटवल जस्तै भएकोले त्यसलाई डिजिटल बनाएर फुटवल राख्न सुझाव दिए । उनले  विश्वकप फुटवललाई नेपालले पनि स्वागत गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?