सकियो मनोज गजुरेल स्टारर ‘सय कडा दश’ को छायांकन

काठमाडौं । हास्य अभिनेता मनोज गजुरेलले अभिनय गरेको सामाजिक ड्रामा ‘सयकडा दश’ को छायांकन सकिएको छ । फिल्मको छायांकनसँगै अमृत ढुंगाना र करुणा श्रेष्ठका तस्वीर सार्वजनिक गरिएका छन् ।

यो फिल्ममा पहिलोपटक अमृत र करुणा जोडीका रुपमा देखिँदैछन् भने करुणाका लागि यो फिल्म डेब्यु फिल्म पनि हो । फिम्लाई पोखरा, पाँचथर, सिन्धुली, काठमाडौं लगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई मंसिरमा रिलिज गरिने तयारी रहेको निर्माण टिमले बताएको छ ।

चलचित्रलाई ‘प्रेमगीत २’ का लेखक तथा निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन् । अन्य कलाकारका रुपमा फिल्ममा राजाराम पौडेल, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

साथै फिल्ममा रामश्वेर कार्कीको छायांकन, वनिष श्रेष्ठको सम्पादन, कल्याण सिंहको संगीत रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?