नाइजेरियन जर्सीको चर्चा

फिफा विश्वकप ४ दिनमात्र बाकी रहदा सहभागी राष्ट्रहरुको आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।

यता तिन पटकको अफ्रिकन नेसन्स कपको च्याम्पियन नाइजेरियाले पनि आफ्नो तयारीलाई जारी राखेको छ । तर केहि समययता भने नाइजेरियाका खेलाडीले भन्दा जर्सिले गर्दा टोलीको चर्चा चुलिएको छ । सन् २०१४ मा पनि सहभागि नाएजेरिया विश्वकपको उपाधिको दावेदार टोली भने हैन ।

तर बजारमा अरु देशको जस्तै नाइजेरियाको जर्सीको माग पनि उत्तिकै बढेको छ । टोलीको जर्सी सार्वजनिक भएलगत्तै झन्डै ३० लाख मानिसले नाइजेरियाको जर्सीका किनिसकेका छन् । नाइजेरियाको होम र अवे दुवै जर्सीको मूल्य ६५ पाउण्ड तोकिएको छ ।

तर जर्सी सार्वजनिक भएको दोस्रो दिनमै सबै जर्सी बिकिसकेको थियो । नाइजेरियाको टोलीमा आर्सनलका एलेक्स इवोबी, चेल्सीका भिक्टर मोजेस लगायतका खेलाडीको उपस्थिति रहेको छ । सन् १९९४ को नाइजेरियाको जर्सीबाट प्रेरित यस पटकको जर्सिले चौतर्फी प्रशंसा बटुलिरहेको छ । विश्वकपको समूह ‘डी’ मा रहेको नाइजेरियाले पुर्व च्याम्पियन अर्जेन्टिना, क्रोएसिया र आइसल्यान्डको सामना गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?