मूल्य वृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले सरकारविरूद्ध प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार भृकुटी मण्डपबाट पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुमा भएको मूल्य बृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन गर्दै विद्यार्थीहरू त्रिचन्द्र कलेज लगायतका ठाउँमा पुगेका थिए ।

उनीहरूले मूल्य वृद्धि फिर्ता गर्नु पर्नेपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?