मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ, पत्रकार सम्मेलन गरि सार्वजनिक

धनगढी । कैलाली र कञ्चनपुरको विभिन्न ठाउँबाट मोटरसाइकल चोरीगर्ने ६ जनाको समूहलाई पहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाईकल चोरी गरेर खरिद विक्री संलग्न रहेको ६ जनाको समूहलाई प्रहरीले पक्राउ बाताए । 

चोरी गर्ने समुहलाई आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ७ वटा मोटरसाईकल सहित ६ जनाको समुहलाई सार्वजनिक गरिएको छ । चोरीको मोटरसाईकल विक्री गर्नेमा सुदूरपश्चिम समाज नामक संस्थामा काम गर्ने कैलालीको कैलारी गाउपालिका दुधिया १८ वर्षीय सन्जु चौधरी, गोरे भनिने धनगढी ६ मटीयारीमा रहेको आलमुनियक पसलमा काम गर्ने २० वर्षीय सुरज राना, धनगढी ६ मटीयारीकै २१ वर्षीय पेन्टिङको काम गर्ने रामभजन राना, कञ्चनपुरको वेदकोट नगरपालिका ५ घर भएका २८ वर्षीय आफ्नै मोटर समईकल ग्यारेज भएका पदम धानुक छ । साथै घोडाघोडी ९ का किसन चौधरी ग्यारेजमा काम गर्दै चोरीका मोटरसाईकल वेचविखन गर्दै गरेका थिए । तोरहरुले बढी त रातीको समय करीब १० वजेदेखि २ वजेसम्म धनगढीका मुख्य ठाँउमा राखिएका मोटरसाईकल चोरी गर्दै आइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिइएको छ । जस्तै तारानगर, हसनपुर बसपार्क पछाडी, चटकपुर, क्याम्पसचोक, बोराडाडी, देवरीया, मसुरीया, पहलमानपुर, स्थानबाट मोटरसाईकल चोरी गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

बरामद मोटर साईकलहरु, से ६ प ४३८८ पल्सर, से४प ७३१२ पल्सर, से प २ प १२०९पल्सर, से ५ प ७६६९पल्सर, से ५ प १२८१ अ पाची, से ५ प९४७३ पल्सर र से २ प ६२३ सुपर स्पेलेन्डर नम्मरका मोटरसाईकलहरु राखी बेचविखर गरिएका छन् । समातिएका सबै मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यलय कैलालीमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?