विश्वकप अफरः १ रुपैँयामा जर्सी

फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हुन ४ दिन मात्र बाकी हुँदा रिचार्जरले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै १ रुपैँयामा जर्सी उपलब्ध गराउदै आईरहेको छ ।

 फिफा विश्वकपलाई लक्षित गदै ग्लोबल टेक्नोलोजीले यस्तो नयाँ अफर खेलप्रेमि दर्शकमाझ ल्याएको हो । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैँया क्यास ब्याक पाउनेछन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास ब्याक पाउने ग्लोबल टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । यसरी प्राप्त हुने क्यास ब्याकलाई रिचार्जरमार्फत सामान खरीद गर्न प्रयोग गर्न सकिने बताइएको छ ।

 

तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तान गर्दा ९९९ रुपैँयाको जर्सी पाउनु हुनेछ । सिमित अबधिका लागी मात्र यस्तो अफर ल्याएको ग्लाइडरले जानकारी दिए । 
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।

नेपालमा चलन चल्तीमा रहेका र विदेशी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ । 

पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु तिर्न सकिने तयारी गरिरहेको रिर्चाजर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?