ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन् ।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उनले भने ।

उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्न  तयार रहेको जानकारी  रुसी सञ्चारमाध्यमले दिएका छन् । 

“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?