विराटनगर जुटमिलसहित बन्द भएका सबै उद्योगहरु सञ्चालनमा ल्याउँछौ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सरकार लागि परेको बताएका छन् । 

आइतबार उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको इतिहास विमोचन र ४६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विराटनगर जुटमिलसहित बन्द सबै उद्योगहरु सञ्चालन गर्ने गरी पहल भइरहेको बताए । 

विराटनगर औद्योगिक नगरिको रुपमा इतिहासमा दर्ज भएको ठाउँ भएको भन्दै उनले विराटनगरको जुटमिल्ससँगै अरु उद्योगहरुलाई पनि पुनः सञ्चालन र नयाँ स्थापनामा सरकारले जोड दिएको बताए । 

साथै कार्यक्रममा बोल्दै प्रचण्डले कृषिमा आधारित उद्योगहरुलाई प्राथमिकता दिएर अगाडि नबढाएसम्म नेपालमा आर्थिक क्रान्तिको सम्भव नहुने बताएका छन् । नेपालको विकासको मुख्य सम्भावना कृषि र त्यसमा आधारित उद्योगहरु नै भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले कृषि क्षेत्रमा र कृषिमा आधारित उद्योगहरु स्थापना गरी रोजगारीको सिर्जना गरी आयातलाई विस्थापन गरेर निर्यात बढाउने बताए । 

त्यस्तै प्रदेश १ को राजधानी विराटनगर राजनीतिक चेतनाका साथै आर्थिक गतिविधिले पनि अग्रणी शहर भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?