राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं । काठमाडौं शंखमुलस्थित यूएनपार्क नजिक अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । 

आइतबार दिउँसो बा १ झ ८८१८ नम्बरको राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो । 

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । 

आगजनी गर्ने समूहको खोजी भइरहेको डिएसपी थापाले बताए । 

आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?