संघीय फोरम र राजपालाई राष्ट्रिय दलको सुविधा

काठमाडौँ- संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले  राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।

राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

यी दुवै दलका दुई-दुईजना राष्ट्रियसभा सदस्य छन् । राष्ट्रियसभाको बैठक शुरु हुँदैछ । आजको बैठकले राष्ट्रियसभा नियमावली पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?