७ माघ २०७८, शुक्रवार

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

२०७५,जेष्ठ,२७,आईतवार ०८:३२

0
Shares

लहान- पछिल्लो केही दिन यता बढेको अत्याधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् ।

कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्याधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।

यस्तै, विगत केही दिन यता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ ।

अत्याधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ ।

वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२७,आईतवार ०८:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली

देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडाैं । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका

ताजा समाचार

दाङमा रुखले च्याप्दा एकको मृत्यु
 २०७८,माघ,७,शुक्रवार २०:३१