१३ मङ्सिर २०७९, मंगलवार

कोदोबालीमा फौजी कीरा

२०७४,आश्विन,२५,बुधबार १०:४५

0
Shares

चौतारा, २५ असोज ।सिन्धुपाल्चोकमा कोदोबालीमा फौजी कीराको प्रकोप देखा परेको छ ।फौजी कीराले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ढिला शुरु भएका कारण समयमै रोपाईं हुन नसकी धानबालीलाई असर पु¥याएकै अवस्थामा बाला लाग्ने समयमा कोदोबालीलाई फौजी कीराले क्षति पु¥याएको हो ।जिल्लाको पश्चिम र मध्य क्षेत्रमा लगाइएको कोदोबालीलाई असर पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाला लागेको र बाला लाग्ने अवस्थामा पुगेको कोदोको पात तथा डाँठसमेत नष्ट गरी उत्पादन नहुने अवस्थामा पुगेको चौतारा साँगाचोकगढी नगरपालिकाका किसान सुदर्शन धिताल बताउछन ।फौजी कीरा रोकथामका लागि किसानलाई इमिडाकोलोरोपिट, साइपरमेट्रिक र कोलोरोसाइरिफस नामक विषाधि सिफारिस गरेको वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताए । यसप्रकारको रोग वातावरण, मौसम तथा जलवायु परिवर्तनले बेला–बेलामा अकस्मात देखिने गर्दछ । गत वर्ष गोलभेँंडामा पात खाने कीरा फैलेर नोक्सान पु¥याएको थियो । हरियो र कालो रंगको उक्त किराले पात र डाँठ खाने गर्छ ।जिल्लामा गत वर्ष २४ हजार हेक्टरमा १८ हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो । यस वर्ष २२ हजार हेक्टरमा मात्र कोदोबाली लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार १०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा डेंगु सङ्क्रमण घट्दो
 २०७९,मङ्सिर,१३,मंगलवार १३:२७
प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०