कोरिया भाषा परीक्षा : ४७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । नवौं कोरियन भाषा परी दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो । 

त्यस्तै परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए । 

तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट ५, युनिभर्सल कलेज, मैतीदेवीबाट ५, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट ४ र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट ८ जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?