अञ्जु पन्त र फिरोज बस्नेतको ‘ती ओठहरुमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘यो मायाँ कस्तो मायाँ’को ‘ती ओठहरुमा’ गीत सार्वजनिक भएको छ । 

नेपाली चलचित्र जगतका चिरपरिचत नाम कृष्ण पोख्रेलद्वारा निर्माणाधिन चलचित्र यो ‘मायाँ कस्तो मायाँ’को पहिलो गीत सार्वजनिक भएको हो । 

शनिबार काठमाडौंमा एक समारोहबीच म्यसिजक नेपालले आफ्नो च्यानल मार्फत उक्त गित सार्वजनिक गरेको हो ।

प्रमिला श्ब्दहरुले सजिएको उक्त गितमा अञ्जु पन्त र फिरोज बस्नेतले स्वर दिएका छन् भने दिबश धिताल र सभ्यता गिरीको अभिनय रहेको छ । 

गीतमा विभिन्न मनोरम प्राकृतीक सुन्दरताले भरिपूर्ण दृश्यहरुलाई एक दिनमै रिलिजसँगै राम्रा प्रतिक्रिया आएको छ ।

अर्जुन पोख्रेलको संगित रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

अर्जुन जिसीले सम्पादन रहेको उक्त गीतलाई ईन्द्र रजाक र समृद्दी श्रेष्ठले प्रोड्युसर रहेका छन् ।

भुषण आन्नद ठकुरीले निर्देशन गरेको उक्त गीत हिजोबाट युट्युबमा सार्वजनिक भइसकेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?