मन्त्रालयगत बजेटमाथि संसदमा छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ । 

आइतबारदेखि सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेटमाथि मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि छलफल सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख गरिएको छ ।

शनिबारबाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ ।

छलफल असार १ गतेसम्म चल्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?