इजरायली दुतावासमा तैनाथ असई थापाले गरे आत्महत्या

काठमाडौं । काठमाडौं । लाजिम्पाटस्थित इजरायली राजदुतावासको सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका सहायक निरीक्षक (असई) अनुपराज थापाले आत्महत्या गरेका छन् । 

उनले साथमा रहेको पेस्तोलबाट आफ्नै कन्चटमा गोली प्रहर गरी आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख दानबहादुर मल्लले बताए । 

असई थापाले विहान १० वजे राजदुतावास भित्रै प्रहरी सुरक्षाकक्षमा आत्महत्या गरेका हुन् । 

भक्तपुर निवासी थापा तीनवर्षअघिमात्र असईबाट प्रहरी सेवा प्रवेश गरेका हुन । महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वरमा कार्यरत थापाको उमेर समेत २६ वर्ष भयो । 

उनले आत्महत्या गर्नुको मुख्य कारणका सम्वन्धमा अनुसन्धान जारी रहेपनि अनुसन्धानमा संलग्न प्रहरीले भने पारिवारिक तथा प्रेम सम्वन्धका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

उनको शव पोष्टमार्टमका लागि राजदुतावासबाट महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुर्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?