जी ७ले महिला शिक्षामा ३ अर्ब अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी : विश्वका गरिब परिवारको महिला शिक्षामा जी ७ले २.९ अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने योजना बनाएको क्यानाडाले जनाएको छ ।

जी ७को यो परियोजनामा जर्मनी , जापान, बेलायत , युरोपेली युनियन र विश्व बैंकलगायतले गर्दै आएको योगदान निरन्तर दिने प्रतिबद्धता जनाए छन् ।

क्यनाडा, अमेरिका, बेलायत, फ्रान्स, इटली, जापान र जर्मनीलाई जी ७ भनेर चिनिन्छ । यी देशहरूको विश्वको कुल सम्पत्तिको ६० प्रतिशत भन्दा बढीको हिस्सा छ ।

यो परियोजनाबाट ८० लाख बालबालिकाहरूको शिक्षामा सहयोग पुग्ने जी ७को आयोजक देश क्यानाडाले जनाएको छ ।

नोबेल पुरस्कारबाट सम्मानित मलाला युसाफजाइले यो निर्णयलाई स्वागत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?