मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि बतास समूहलाई नारायणहिटीबाट हटाउँछु : मन्त्री आले

लोकपथ
455
Shares
lgb]{zg lbFb} dGqL cfn] sf7df8f}F, @$ c;f]h . ;+:s[lt, ko{6g tyf gful/s p•og dGqfnodf cfOtaf/ cfof]hgf ul/Psf] dftxtsf sd{rf/Lx?;Fusf] 5nkmn sfo{qmddf sd{rf/LnfO{ lgb]{zg lbFb} dGqL k|]daxfb’/ cfn] . t:jL/ M ljdnaxfb’/ lji6, /f;;

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउन बताएका हुन् । उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफु छलफलमा रहेको बताए ।

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने बताए । उनले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।

उनले भने – ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरी त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सवालमा हामी छलफलमा छौँ । आज हामी त्यहाँ अवलोकन गर्न जादैछौँ । त्यहाँ स्ट्रक्चरहरु जुन निर्माण भएको छ, त्यो पनि हामी हेर्छौ । र त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ त्यो हामी गर्छौ ।’

उनले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?