मोहनलाई लगातार पाँचौं स्वर्ण पदक

अस्ट्रेलिया राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडी मोहन बमले स्वर्ण पदक जितेका छन् । 

बमले नागे नो कातामा एडमन्ड युनसंग मिलेर लगातार पाँचौं पटक स्वर्ण पदक जितेका हुन् । मोहन सन् २०१४ देखि यो प्रतियोगितामा नियमित सहभागी हुँदै आएका छन् ।

मोहन र उनको जोडीले ८५ प्रतिशत अंक ल्याउदै पहिलो स्थान हात पारेका हुन् । २०१४ देखि नै एडमन्ड पनि मोहनको पार्टनर बन्दै प्रतियोगितामा सहभागी हुँदै आएका छन् । मोहनले आइतबार पुरुष ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गदैछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?