४ माघ २०७८, मंगलवार

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक पक्राउ

२०७५,जेष्ठ,२७,आईतवार ०४:३५

0
Shares

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । 

प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुकसहित दुर्लभ जनावरको मासु फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिए । 

पुनलाई भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२७,आईतवार ०४:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार