उपत्यकाबाट चोरिएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगायाे

लोकपथ
217
Shares

काठमाडौं । काठमाडौं उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

बिहीबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ती मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

१७ वटा मोटरसाइकल र ९ वटा स्कुटर खोजेर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पशुपतिनाथ क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो र कलंकीबाट हराएका मोटरसाइकल प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।

ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइले हराएका मोटरसाइकलबारे अनुसन्धान गर्छन् । महाशाखाले सुरक्षित ठाउँमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न र अलर्ट सिस्टमको प्रयोग गर्न सवारी प्रयोगकर्तालाई आग्रह गरेको छ ।

२०७८ साउनपछि महाशाखाले हराएका २ सय २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?