भारतीय गैर बासमती चामल चीन जान पाउने सम्झौता

एजेन्सी : चीन र भारतबीच दुई ऐतिहासिक सम्झौता भएको छ ।

चीनले बाढीको मौसममा ब्रह्मपुत्र नदीको पानीसम्बन्धी जानकारी उपलब्ध गराउने र भारतको गैर बासमती चामललाई चीनमा जान दिनेगरी दुई देशबीच सम्झौता गरिएको छ ।

यी दुई सम्झौताबाट भारतलाई धेरै फाइदा पुग्ने देखिएको छ । ब्रह्मपुत्र नदीको पानीले भारतीय क्षेत्र डुबानमा पर्ने गरेकोले यस्तो डेटा समयमा उपलब्ध भए त्यसबाट जोगिने उपाय तत्काल गर्न सक्ने भएको छ । यसबाट त्यसक्षेत्रका धनजनको क्षति कम गर्न सक्ने छ ।

यसैगरी भारतले चीनसँगको व्यापार घाटा कम गर्न चामलको निर्यात गर्ने भएको छ ।

भारतका प्रधानमनत्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिनबीच विस्तृत छलफल भएपछि यी दुई सम्झौतामा हस्ताक्षर भयो ।

भारतमा विगत ३ वर्षदेखि चामलको उत्पादनमा बृद्धि भइआएको छ । चीनसँगको व्यापार घाटा कम गर्न चामलको निर्यातबाटद सहयोग मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?