ट्रम्प किम भेट्न सिंगापुर तिर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प उत्तर कोरियाली नेता किम जोंग उनसँग सिंगापुरमा भेटवार्ता गर्न त्यता हिँडेका छन् ।

क्यानाडामा आयोजित जी ७को बैठकमा ट्रम्पले फलाम र अल्मुनियममाथि लगाएको महशुलबारेको विवादमा कुनै सहमति बनाउन नसकेर ट्रम्प सिंगापुर तर्फ हिँडेका हुन् ।

 बाटो हिँडिरहँदा उनले ट्विटर मार्फत उत्तर कोरियाली नेतासँग हुने भेंटलाई शान्ति अभियानको रूपमा टिप्पणी गरे । ट्विटको माध्यमबाट ट्रम्पले किमलाई परमाणु कार्यक्रम त्याग गर्न आग्रह गरेका छन् । 

यी दुई नेताबीच आरोह र अवरोहका विशिष्टि सम्बन्ध विगत १८ महिनाको छ ।

यो शिखर वार्तामा पदमा रहेका अमेरिकी राष्ट्रपतिसंग उत्तर कोरियाली नेताले गरेको भेंट यो पहिलो नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?