कांग्रेस कलह नटुंगिने छनक

काठमाडौँ– कांग्रेसको आसन्न जिल्ला सभापति भेला पनि संस्थापन र संस्थापनइतर पक्षको कलहमै केन्द्रित हुने देखिएको छ । भेला सुरु हुनु एक साताअघिबाटै दुवै पक्षका जिल्ला नेताहरू आ–आफ्नो रणनीति तय गर्न जुटेका छन् । उनीहरू आफूपक्षीय केन्द्रीय नेताको परामर्शमा यस्तो रणनीति बनाउन सक्रिय भएका हुन् ।

प्रदेश ३ को राजधानी हेटौंडामा असार ५ देखि ७ सम्म जिल्ला सभापतिको राष्ट्रिय भेला हुँदै छ । भेलामा संस्थापनइतर पक्षीय सभापतिले नेतृत्वको कार्यशैलीदेखि फितलो प्रतिपक्षीय भूमिकालाई बैठकमा जोडदार ढंगले उठाउने तयारी गरेका छन् । त्यसैगरी संस्थापन पक्षीय सभापतिहरू नेतृत्वको बचाउमा लाग्ने तयारीमा छन्, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?