९ माघ २०७८, आईतवार

देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी

२०७५,जेष्ठ,२७,आईतवार ०१:३४

0
Shares

डडेल्धुरा – निर्वाचनपछि पहिलोपटक गृहजिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।

'सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्', कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, 'डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।'

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।

देउवा बोलिरहँदा कार्यकर्ताले 'स्वेच्छाचारी बन्न पाईंदैन' भन्दै नाराबाजी गरो थिए । आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२७,आईतवार ०१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४