नेपालगञ्ज गोल्डकपको उपाधि ‘लाली रूपन्देही’लार्इ

नेपालगञ्ज : 'नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता' को उपाधि लाली रूपन्देहीले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा 'सीएमजी क्लब संकटा'लार्इ १-० गोलअन्तरले हराउँदै रूपन्देहीले उपाधि कब्जा ग-यो । 

निकै चर्को गर्मीका बीच बाँकेको खजुरा डिगाउँमा फार्इनल खेल भएको थियो । खेलको ५३ अाैं मिनेटमा जोन ग्लोरीले गरेको गोल नै रूपन्देहीको जितका लागि महत्वपूर्ण रह्यो । त्यसपछिको खेल अविधमा दुवै टीमबाट कुनै गोल हुन सकेन । 

जीतसँगै रूपन्देहीले ५ लाख रूपैयाँ र संकटाले २ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । रूपन्देहीका कम्तान दीपक गुरूङ प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् र उनले मोटरसार्इकल प्राप्त गरेका छन् ।

यस्तै, रूपन्देहीकै राजबाबु मगर उत्कृष्ट गोलकिपर र युद्द शाही उत्कृष्ट रक्षक घोषित भएका छन् । संकटाका साैजन रार्इ उत्कृष्ट मिडफिल्डर र शान्त गुरूङ उत्कृष्ट फरवार्ड घोषित भर्इ जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?