कोरोना अपडेट : २३९ जना संक्रमणमुक्त हुँदा थपिए ४३५ संक्रमित

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभर गरिएको १० हजार २ सय ६७ जनाको परीक्षणमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपाल हालसम्म ८ लाख १३ हजार १ सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैकाे पनि मृत्यु भएकाे छैन । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १ पुगेको छ ।

हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?