काठमाडौं । कांग्रेस नेता शेखर कोइराला पक्षको बैठक सिंहदरबारस्थित होटल बसेरामा बसेको छ ।
बैठकमा महाधिवेशनको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत १४औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवारसहितका सहभागी छन् ।
पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइराला देउवासँग पराजित बनेका थिए ।

१४औं महाधिवेशनपछि कांग्रेसमा कुनै पनि गुट नरहेको र कुनै पनि गुटगत भेला बैठक नगर्ने प्रतिबद्धता जनाएका शेखर कोइरालाले आज गुटको बैठक बोलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया