प्रहरीको घेरा छल्दै नेविसंघको राँके जुलुस

काठमाडौँ – पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली  कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा राँके जुलुस निकालेको छ ।

राँके जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रहरीको आँखा छल्दै नेविसंघले राँके जुलुस निकालेको हो । राके जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन् । केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३ ३ रुपैयाँ वृद्धि गरेकोे थियो ।

हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?