बैतडीमा खसी चोरको बिगबिगी

लोकपथ
28
Shares

बैतडी । बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयो । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएको अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’

दुई वटा खसीको मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक पटक खसी चोरी भएको उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चोरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

चोरी रोक्न प्रहरी प्रशासन चनाखो हुनु पर्यो । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्यो ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ ।

गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गोठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेको अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गोठमा आधा मात्रै खसी भेटिएको उनले बताए ।

यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेको स्थानीय देवराम लोहारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?