रेशम चौधरीलाई संविधानअनुसार शपथ गराउनुपर्छ : लक्ष्मणलाल कर्ण

काठमाडौँ – राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रेशम चौधरीलाई जनताले अनुमोदन गरिसकेकाले संविधानअनुसार शपथ ग्रहण गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले चौधरीलाई सांसद् पदको शपथ ग्रहण नगराई राज्यले उहाँमाथि अन्याय गरेको उल्लेख गर्नुभयो । “कोही व्यक्ति पक्राउ पर्दैमा कसुरदार अथवा अभियुक्त हुँदैन, अदालतले अपराधी ठहर ग¥यो भने मात्र ऊ अभियुक्त हुन्छ”–उहाँले भन्नुभयो । 

नेपाली काँग्रेसका नेता दीलेन्द्रप्रसाद बडूले लामो समयदेखि विवादित संसद् नियमावली पारित भएकाले विवादको गाँठो फुकेको बताउनुभयो । उहाँले नियमावलीमा संविधान बाहिरका अरु कुरा थप्न खोजेकाले विवाद उत्पन्न भएको बताउँदै नेपाली काँग्रेसले भ्रष्टाचारीलाई संरक्षण गर्ने मनसाय राखेको भन्ने कुरा विलकुल गलत भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले शासकीय स्वरुपमा परिवर्तन गर्न थाल्यो भने उसप्रति शंका गर्नुपर्ने ठाउँ रहने बताउनुभयो । शासकीय स्वरुप परिवर्तनमा अहिले नै वर्तमान सरकार प्रवेश गर्नुपर्ने कुनै आधार नभएको वताउनुभयो ।

नेकपाका नेता देवेन्द्र पौडेलले शासकीय स्वरुप परिवर्तन गरी राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्ने र शासकीय व्यवस्थाको विषय मृत विषय होइन भन्नुभयो । 

उहाँँले भन्नुभयो, “शासकीय स्वरुपसहित ५७ विषयमा संविधान निर्माण गर्दा तत्कालीन नेकपा ९माओवादी केन्द्र०को ‘नोट अफ डिसेन्ट’ रहेको र यो विषय पुनः बहसका रुपमा मात्र आएको हो । प्रजातन्त्रमा बहस गर्न पाइन्छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?