काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो ।
एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रियसभा निर्वाचन एजेण्डा रहेको छ ।
भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ ।
२६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया