कोरियन भाषा परीक्षा : ८२ हजार दुईसय ६४ जनाको आवेदन !

नवौं चरणको कोरियन भाषा परीक्षा सुरु भएको छ । बैदेशिक रोजगारीमा जाने अन्य देशको तुलनामा कम खर्च लाग्ने र परिक्षा पास गरेर भिषा लागेपछि कमाइ पनि राम्रो हुने भएकाले युवाहरु कोरिया तर्फ आकर्षित भएका छन् ।

सरकारले यसै वर्ष पाँच लाख युवालाई रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा ल्याएपनि त्यसको प्रभाव कोरिया जान चाहने युवाहरुमा भन देखिएको छैन । सरकारले बजेटमा पाँच लाख युवालाई रोजगारी दिने उद्घोषसहितको बजेट ल्याएको ११ औं दिनमा भएको कोरियान भाषा परिक्षामा पनि युवा सहभागिता कम हुन सकेन ।

मुलुकभित्र पर्याप्त अवसर नरहेको र पाएका अवसरमा पनि तलब सुविधा राम्रो नरहेको भन्दै युवाहरु कोरिया जानका लागि भाषा परीक्षामा सहभागी भएका छन् । यस पटकको परीक्षाका लागि ८२ हजार दुईसय ६४ जनाले आवेदन दिएका थिए ।

मुलुकभित्र पर्याप्त अवसर नरहेको र पाएका अवसरमा पनि तलब सुविधा राम्रो नरहेको भन्दै युवाहरु कोरिया जानका लागि भाषा परीक्षामा सहभागी भएका छन् । यस पटकको परीक्षाका लागि ८२ हजार दुईसय ६४ जनाले आवेदन दिएका थिए । वैदेशिक रोजगार विभागको ‘इपीएस कोरिया शाखा’ले ६३ जना कोरियन अधिकारीको उपस्थितिमा भाषा परीक्षा लिइरहेको छ ।

काठमाडौंका १६, ललितपुरका ८ र पोखराका ४ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा संचालन गरिएको हो । परीक्षा आज र भोलि गरि ४ सिफ्टमा पनि सञ्चालन हुने छ । विश्वविद्यालयको परिक्षाजस्तै परिक्षालाई मर्यादित बनाउन परिक्षा केन्द्र भित्र र बाहिर सुरक्षा कर्मी परिचालन गरिएका छन । 

काठमाडौंका १६, ललितपुरका ८ र पोखराका ४ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा संचालन गरिएको हो । परीक्षा आज र भोलि गरि ४ सिफ्टमा पनि सञ्चालन हुने छ । विश्वविद्यालयको परिक्षाजस्तै परिक्षालाई मर्यादित बनाउन परिक्षा केन्द्र भित्र र बाहिर सुरक्षा कर्मी परिचालन गरिएका छन । 

कोरियाले सन् २००८ देखि भाषा परीक्षा लिएर नेपाली कामदार लान थालेको हो । यस बर्ष ८२ हजार मध्ये उत्पादनतर्फ चार हजार र कृषि तर्फ छ हजार दुईसय उतिर्णले कोरियामा रोजगारीको अवसर पाउने छन् ।

भाषा परीक्षा पास गरेर हालसम्म करिब ५० हजार नेपाली युवा रोजगारीका लागि कोरिया पुगेका छन् । कोरियामा नेपाली कामदारले औषतमा मासिक दुईलाख नेपाली रुपैयाँ कमाउने गरेका छन् । परिक्षा काठमाडौ र ललितपुरका विभिन्न विद्यालयमा आज र भोली संचालन हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?