धनगढीमा आयोजित १ दिने एस्पिए प्रभात शैक्षिक मेला सम्पन्न

गगन अयडी – धनगढीमा आयोजित १ दिने एस्पिए प्रभात शैक्षिक मेला सम्पन्न भएको छ ।

गुणस्तरिय शिक्षा सुदूरश्चिममै’ भन्ने मुल नाराका साथ प्रभात बौद्धिक मञ्च तथा शैक्षिक मासिकाको आयोजनामा मेला आयोजना गरिएको हो । एसइई परिक्षा दिएर उच्च शिक्षा अध्यनका लागि विभिन्न स्थानबाट आएका विद्यार्थी लाई आफुले चाहेको कलेज तथा विषय अध्यन गर्न सहज होस् भन्ने हेतुले शैक्षिक मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेला समापन गर्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले विश्वका जुनसुकै स्थानमा गएर पनि गरेर खानसक्ने शिक्षा प्राप्त गर्न विद्यार्थीलाई आग्रह गरे । प्रविधि तथा सूचनाको सदुपयोग गरेर पनि धेरै कुरा सिक्न सकिने भएपनि पछिल्लो समय सामाजीक सञ्जालको दुरुपयोग हुँदा धेरै विद्यार्थीको भविष्य बिग्रने गरेको भन्दै मन्त्री सोडारीले त्यसबाट सचेत रहन विद्यार्थीलाई आग्रह गरे ।

नव युवाबाट राष्ट्रले धेरै अपेक्षा गरेको हुँदा आफ्ना लागि मात्र नभई राष्ट्रका लागि पनि सोचेर राम्रो काम गर्न उनले विद्यार्थीलाई सुझाव दिए । 

 विद्यार्थीको चाहाना भन्दा आमाबुबाको चाहाना अनुसार विद्यार्थीले अध्यन गर्ने परिपार्टी अन्त्यका लागि पनि शैक्षि मेलाको आयोजना गरिएको प्रभात बौद्धिक मञ्च तथा शैक्षिक मासिक म्यागजिनका सम्पादकले बताए ।  

मेलामा सोचेभन्दा बढी विद्यार्थीले सहभागिता जनाएको उनको भनाई छ ।  १० वटा विद्यालयको स्टल राखिएको कार्यक्रममा २ हजार बढी विद्यार्थीले सहभागिता जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?