मेलानद्वारा रक्तदान कार्यक्रम आयोजना

गगन अयडी धनगढी । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले शनिबार बृहत्त रक्तदान कार्यक्रम गरेको छ ।

मेलानको १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जिल्लामा रगतको अभाव हुन नदिन सो कार्यक्रमको आयोजना गरिएको हो । 

वर्षातको समयमा रगतको चरम अभाव हुने हुँदा रक्त सञ्चार केन्द्र धनगढीमा बृहत्त खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको मेलान कैलालीका सह–सचिव कर्ण कान्त जोशीले बताए । 

रक्तदान कार्यक्रममा प्रदेश ७ का प्रदेश समिति पदाधिकारी, पूर्व मेलान पदाधिकारी लगायतको सहभागिता रहेको उनले बताए । उनले मेलान कैलाली स्वास्थ्य प्रयोगशालाकर्मीहरुको छाता संगठन मेलान को १३ औँ स्थापना दिवसका अवसरमा देशव्यापी बिभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा १३ जनाले रक्तदान गरेको जनाईएको छ ।

धनगढी रक्त सञ्चार केन्द्रका कर्मचारीले दैनिक २० देखि २५ पोका रगत बिभिन्न अस्पतालमा खपत भइरहेको बताए । उनले धनगढीमा रहेको सेती अञ्चल अस्पतालसँगै केही निजी अस्पतालमा पनि रगत जाने गरेका कारण रक्त सञ्चार केन्द्रमा चाँडै रगतको अभाव हुँदै आएको बताए । रगतको अभाव हुन नदिन मेलान जस्तै सबै संघसंस्थाले समय–समयमा रक्तदान कार्यक्रम गनुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?