एसपी हिराबहादुर पाण्डे निलम्बित

लोकपथ
1.4k
Shares

काठमाडौं । सिरहाका तत्कालीन प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राती उनलाई निलम्बन गरेका हुन् ।

पुस १८ मा १ बजे राति पाण्डेले नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा गएर ‘गोली हान्छु’ भनेपछि उनी विवादमा तानिएका थिए ।

जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्रकुमार यादवको संयु्क्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा एसपी पाण्डले सभापति यादवलाई ‘तिमीले मलाई सरुवा गरायौ, म तिमीलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटकपटक पेस्तोल तेर्साएको उल्लेख गरिएको छ ।

मादक पदार्थसमेत सेवन गरेर ज्यान मार्ने धम्की दिएका एसपी पाण्डेलाई प्रहरीहरूले गाडीमा हालेर लगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए । तर, आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको एसपी पाण्डेको भनाइ छ ।

 

यो पनि पढ्नुहोस् : सरुवा गराएको भन्दै कांग्रेस जिल्ला सभापतिलाई गोली हान्छु भन्नै एसपी पाण्डेलाई कारबाहीको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?