काठमाडौं– बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।
उनकै इच्छाअनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत देवकोटालाई जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको हो ।
देवकोटाले आफ्नो गाउँ र जन्मघरमा जाने इच्छा देखाएपछि त्यहाँ लगिएको अस्पताल पारिवारिक स्रोतको भनाई छ ।
उनको बाँसबारीस्थित न्यूरो अस्पतालको सघनकक्षमा उपचार हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया