फेरि सार्‍याे कांग्रेसले जिल्ला अधिवेशनकाे मिति

लोकपथ
126
Shares

काठमाडाैं । बाँकी रहेको १६ जिल्लाको जिल्ला अधिवेशन नेपाली कांग्रेसले फेरि सारेको छ।

यही पुस २७ गते गर्ने भनिएको ती १६ जिल्लाको जिल्ला अधिवेशन कांग्रेसले फेरि सारेको हो ।

योसँगै आज बुधबार बिहान बसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले यसको मिति माघ १५ गतेलाई सार्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा सदस्य नजिकिएकाले त्यो निर्वाचनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ १६ गते हुँदै छ।

१४औँ राष्ट्रिय महाधिवेशन गरिसकेको कांग्रेसले बाँके, चितवन, नवलपुर, कैलाली, अछाम, सिरहा, सप्तरी, धनुषा, महोत्तरी,बारा, पर्सा, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन गर्न बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?