१ भाद्र २०७९, बुधबार

धितोपत्र बजार : एक अर्ब बढीको कारोबार, मेगा बैंक नेपाल अग्रस्थानमा

२०७५,जेष्ठ,२६,शनिवार ०७:४७

0
Shares

काठमाडौं । धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो । गत साता १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको कारोबार भएको थियो । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२५७ दशमलव शुन्य सात अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर २६४ दशमलव ४६ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड २७ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । 

यस्तै शेयर संख्याका आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको चार लाख सात हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता नेपाल सेवा लघुवित्त संस्था लिमिटेडको ६० लाख कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको ‘नाडा इभि एक्सपो २०२२’

काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । आज (बुधवार) एक समारोहकाबीच काठमाडौंको त्रिपुरेश्वरमा

१. सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटबारे छलफल हुँदै, चौथोपटक बसेको बैठकमा सिट संख्या र मापदण्ड सहमतिमै टुंग्याउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५