फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं– ५बाट सिफारिस

विराटनगर, २५ असोज ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।सो क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उहाँले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?