सरकारसँग ४ बुँदे सहमति भएसँगै रुबी खानले तोडिन् अनशन

लोकपथ
91
Shares

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनशनरत रुबी खानको अनसन तोडिएको छ ।

सरकारसँग ४ बुँदे सहमति भएसँगै उनले अनसन तोडेकी हुन् ।

मंगलबार गृह मन्त्रालयका तर्फबाट सहसचिवहरु मुकुन्द निरौला, प्रदीप कुमार कोइराला, भीमबहादुर भुसाल तथा प्रशासन विज्ञ सुनील खनाल, उपसचिव दिलकुमार तामाङ, बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा. गोविन्द केसी, मोहना अन्सारी, ओमप्रकाश अधिकारी, विमल अर्याल, बसन्त रञ्जितकार, कौशिला बागवान, गीता चामार, मनकुमारी गुरताल र अनसनरत स्वयम् खानसहितको वार्तामा गृहमन्त्रालयमा ४ बुँदे सहमति भएको हो ।

No description available.

४ बुँदे सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य जानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा छानबिन गर्न प्रहरीलाई पत्राचार गर्ने, अभियुक्तबाटै आएको विषयमा पीडित पक्षको सुरक्षाको प्रत्याभूति गर्नेलगायतका विषय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?