उदयपुर । सगरमाथा राजमार्ग अन्तरगत उदयपुरको त्रियुगा नगरपालिका–३ मातिगढमा सडकको जग्गा बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने करिब ८ कठ्ठा जग्गा बिक्री गरेको भन्दै स्थानीय ७८ वर्षीय शिवप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाललाई पक्राउ गरिएको प्रहरी उपरिक्षक नवराज भट्टले बताए । पक्राउ पर्ने दुबै बाबुछोरा हुन् ।
उदयपुर सडकको जग्गा ललितपुरको खोकनाका नेपाल डंगोललाई १ करोड २७ लाख २० हजारमा दाहाल बाबुछोराले बिक्री गरेको थियो । बिक्री भएको सो जग्गा सदरमुकाम गाईघाटबाट दुई किलोमिटरको दूरीमा पर्छ ।
त्यस्तै मालपोत कर्मचारीको मिलेमतोमा दाहालले डगोलालाई राजर्मागको जग्गा रजिष्ट्रेशन पास गरिदिएका थिए ।
पक्राउ परेका दाहाल बाबुछोरालाई आवश्यक अनुसन्धनाका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया