काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएका हो । सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे । श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए ।
नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास समेत व्यक्त गर ।
सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बताए । साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने बताए । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यवसायिक तालिमको राम्रो प्रवन्ध हुनुपर्ने बताएका थिए ।
साथै उनले फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया