७ माघ २०७८, शुक्रवार

सघन कक्ष(आइसियु)मै डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

२०७५,जेष्ठ,२६,शनिवार ०६:३६

0
Shares

काठमाडौं । नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्रा. डा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । 

नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डा देवकोटालाई आज अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो । 

सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए । 

उनले भने, “हामी निकै अघिदेखि उहाँलाई भेटेर उपाधि दिन प्रयासरत थियौँ, तर उहाँको स्वास्थ्यमा उतारचडाव भइरहेको थियो, उपयुक्त समयको पर्खाइमा थियौँ, आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालमै गएर उहाँलाई मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गर्यौँ, उहाँ अहिले सामान्य अक्सिजनमा हुनुहुन्छ ।” 

उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिएका अध्यक्ष शर्माले जानकारी दिए । 

“हामीले सामान्य दोहोरो कुराकानी गर्यौँ, उपचार भइरहेको समयमा फैलिएको दुःखद् समाचारमा परिवारमा आहत पुर्याएको छ, यति निर्दयी भएर समाचारमा दिन हतार नगर्दा हुन्थ्यो, परिवारको भावनाको कदर गर्नुहुन अनुरोध छ,” उनले भने । 

सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेका थिए । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०६:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

खानेकुरा मिठो लाग्ने, खाएको खानेकुरा राम्ररी पच्ने, घाम ताप्न पाइने, तात्तातो चिया, कफी र सुप खान पाउने भएर धेरैलाई जाडो

डा. हेमराज कोइराला I मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने हुनाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएमा के

ताजा समाचार