देशभरका चिकित्सकलाई नोबेलमा प्रशिक्षण

बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरमा शुक्रवारदेखि देशभरका नाक, कान, घाँटी सम्बन्धि चिकित्सकलाई प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नोबेलको नाक, कान, घाँटी बिभागको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

नेपाल मेडिकल कलेज, काठमाण्डौं मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल लगायत देशभरका अधिकांस शिक्षण अस्पतालका नाक, कान, घाँटी सम्बन्धि चिकित्सक प्रशिक्षणमा सहभागि छन् ।

राजधानीसहित नेपालगञ्ज, धरान, लुम्बिनी, बिरगंज लगायत स्थानका करिव ६० जना चिकित्सक प्रशिक्षणमा सहभागि रहेको नोेबेल अस्पतालका डा.मिनाक्षी बस्नेतले जानकारी दिईन् । 

चिकित्सकहरुलाई मलेशियाका प्रोफेसर प्रेयागेरेन, नोबेल शिक्षण अस्पतालका डा.बिनोद फेलिक्स लगायतले शल्यक्रियामा थप क्षमता बिकास गर्ने हिसावले प्रशिक्षण दिईरहेका छन् । लाईभ शल्यक्रिया गरेर प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाईएको आयोजकले जनाएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?