कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज अाउँदै

सुर्खेत : कर्णाली प्रदेश सरकारले अागामी अार्थिक बर्ष २०७५/७६ का लागि बार्षिक नीति तथा कार्यक्रम अाज सार्वजनिक गर्ने भएको छ । 

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । 

प्रदेश सरकारले गत बिहिबार नै सरकारका नीति तथा कार्यक्रम सदनमा पेश गर्ने निर्णय गरेको थियो । तर प्रमुख प्रतिपक्षीदल नेपाल कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै संसद चल्न नदिएपछि नीति तथा कार्यक्रम अाज पेश हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?