४ माघ २०७८, मंगलवार

डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे फैलिएको अफवाहप्रति परिवारको चिन्ता

२०७५,जेष्ठ,२६,शनिवार ०५:०२

0
Shares

काठमडौं । मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि परिवारले चिन्ता व्यक्त गरेको छ । 

अस्पताल प्रशासन र डा. देवकोटाको परिवारले एक विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारीक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । 

‘प्रोफेसर डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीको बारेमा गम्भीर चासो व्यक्त गर्दै विभिन्न क्षेत्रबाट भइरहेको चासो र उहाँको स्वास्थ्यलाभको कामना गर्दै मान्यजन इष्टमित्र तथा शुभ चिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरहरु सत्य नरहेको व्यहोर अनुरोध गर्दछु ।’

उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रबार राती १२ बजे जनाए अनुसार हाल डा. देवकोटालाई आईसियुमा राखिएको छ ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०५:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डा. हेमराज कोइराला I मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने हुनाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएमा के

अहिले विश्वमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले संत्रास मच्चाइरहँदा नेपालमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको छ । तर पछिल्लो केही

धेरै महिलाहरूमा महिनावारी नियमित नहुने समस्या देखिने गरेको छ । सामान्य अवस्थामा महिनावारी हुँदा त महिलाहरूलाई धेरै नै अप्ठ्यारो हुने

ताजा समाचार