काठमाडौं : भूपरिवेष्ठित विकासशील देशको विज्ञ समूह बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मंगोलिया जाने भएका छन् । बैठक जेठ २८ र २९ गते बस्नेछ ।
नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै ज्ञवाली मंगोलियाको उलानबटार जाने र बैठकमा विकाशोन्मुख देशहरूमा वैदेशिक लगानी एवं सूचना-प्रविधी विस्तार लगायतका विषयमा छलफल गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीले मंगोलियामा रहँदा त्यहाँका सरकारी अधिकारीहरूसँग उच्चस्तरीय भेटघाट गर्नेछन् भने द्विपक्षीय हितबारे छलफल गर्नेछन् । ज्ञवाली जेठ ३० गते नेपाल फर्कनेछन् ।
मंगोलिया चीन र रूसबीचमा रहेको एक भूपरिबेष्ठित मूलुक हो । भारतले नेपालमा नाकाबन्दी लगाएझैं मंगोलियामा पनि चीनले बारम्बार नाकाबन्दी लगाउनेगर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया