एकान्तकुनामा बस दुर्घटना हुँदा ४ जना घार्इते

ललितपुर : ललितपुरको एकान्तकुनामा यात्रुबस दुर्घटना हुँदा ४ जना घार्इते बनेका छन् । 

कलंकी-भक्तपुर रूटमा चल्ने मध्य उपत्यका यातायातको बा ४ ख ३८ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । सवारीचालक सम्पर्क नरहेको र खोजी कार्य भर्इरहेको प्रहरीले जानकारी दिएको छ । 

शनिबार बिहान ६ बजे सो बस सडकमा पल्टेको थियो । दुर्घटनामा घार्इतेमध्ये ३ जनाको अल्का अस्पताल र १ जनाको बीएन्डबी अस्पतालमा उपचार भर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?